मोटरसाइकल डोर्याएर पोखरामा मूल्यवृद्धिको विरोध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध पोखरामा प्रदर्शन गरेको छ । राप्रपा कास्कीले मोटरसाइकल डोर्याएर र थाल ठटाएर बिहीबार प्रदर्शन गरेको हो ।
मूल्यवृद्धिले सर्वसाधारणले खाद्यान्न खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै राप्रपा नेता(कार्यकर्ताले रित्तो थाल ठटाएका हुन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सवारी साधनमा तेल हाल्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले डोर्याएर सांकेतिक विरोध प्रदर्शन गरे ।
१२ जेठ २०७९, बिहीवार २०:४६ बजे प्रकाशित













