मूल्यवृद्धिबिरुद्धमा प्रदर्शन र प्रधानमन्त्री देउवाको पुत्ला दहन
पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिबिरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार प्रदर्शन भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट युवा तथा विद्यार्थी संगठनका नेता र कार्यकर्ताले मूल्यबृद्धिबिरुद्ध प्रदर्शन गरेका हुन् । स्थानीय भानु चोकमा प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।
उनहरुले बढाएको मूल्य फिर्ता नलिए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने समेत बताएका छन् ।
१२ जेठ २०७९, बिहीवार २०:३६ बजे प्रकाशित













