शिक्षा र स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा राख्नु पर्छ : मन्त्री बोहरा
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्द बोहराले टिकापुर अस्पतालको अनुगमन गरेका छन् । बिहिवार कैलालीको टिकापुर स्थित मन्त्री बोहरा लगायतको टोलीले अस्पतालको समर्ग पक्षको अनुगमन गरेका हुन् । मन्त्री बोहरासंगै आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल र सामाजिक बिकास राज्य मन्त्री टेकबहादुर रैका समेतले अस्पतालको समर्ग क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री बोहराले शिक्षा र स्वास्थ्य क्षेत्रमा अरुको क्षेत्रको भन्दा बढी बजेट अनिवार्य भएको बताए । अरु बिकास भन्दा शिक्षा र स्वास्थ्य महत्वपूर्ण भएकोले बजेट बिनियोजनका बढी मात्रमा नै रकम छुट्याउनु पर्ने उनको भनाई छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि सुदूरपश्चिम प्रदेस सरकार गम्बिर रहेको बताउदै मन्त्री बोहराले अगामी आर्थिक वर्षको वजेटलाई आफ्नो मान्त्रालयले प्रमुख प्रथमिकताका साथ यस क्षेत्रमा बजेट बिनियोजन गर्ने बताए ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री डा।रणबहादुर रावल शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि सबै पक्ष गम्भिर भएर लाग्नु पर्ने बताए । अस्पताल अनुगमनका क्रममा टिकापुर अस्पतालका अध्यक्ष झपडबहादुर सोडारीले अस्पतालको बिकासको लागि बिभिन्न माग सहितको मन्त्री बोहरालाई ज्ञापन पत्र समेत बुझाएको थिए ।
मन्त्री बोहरा लगायतका मन्त्रीहरुको टोलीले टिकापुर स्थित बिरेन्द्र बिद्या मन्दिर क्याम्पस , जलपा देबि मन्दिर,ओम शन्तिको टिकापुर शाखा, योग आश्रम लागायतका सार्वजनिक क्षेत्रहरुको समेत अनुगमन गरेका थिए
१२ जेठ २०७९, बिहीवार १८:११ बजे प्रकाशित












