चिनी निर्यातमा रोक लगाउने भारतको निर्णय
भारत सरकारले आफ्नो देशबाट भइरहेको चिनी निर्यातमा रोक लगाउने भएको छ । जेठ १८ देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट चिनी निर्यातमा रोक लगाउन लागेको हो ।
इकोनोमिक्स टाइम्सका अनुसार भारतको वैदेशकि व्यापार महानिर्देशनालयले जुन १ देखि चिनी र त्यसका लागि आवश्यक सबै कच्चा पदार्थ निर्यातामा रोक लगाउने निर्णय गरेको हो ।
भारतको यो निर्णयसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।
११ जेठ २०७९, बुधवार १५:४२ बजे प्रकाशित












