बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बसको ठक्करबाट  झापाको धरमपुरमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आज बिहान  ७ बजे शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित कमल पुलनजिक पश्चिमबाट पूर्व आउँदै गरेको को १ ख ७१८७ नम्बरको बसले विपरीत दिशाबाट पश्चिम जाँदै गरेको प्र–१–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय भोजपुरमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मोरङ पथरी शनिश्चरे नगरपालिका–८ निवासी २५ वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिका ८ बस्ने २३ वर्षीय टिचोहाङ राईको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी झापाको कामको सिलसिलामा धरान जाजे क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।


११ जेठ २०७९, बुधवार १२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु