रेनु दाहाल १० हजारभन्दा बढी मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता थप फराकिलो बन्दै गएको छ ।
यससँगै रेनुको जित लगभग निश्चित देखिन्छ ।

उनी एमालेका विजय सुवेदीमाथि १०१२६ मतले अघि रहेकी छिन् । यसअघि झण्डै १० हजार हाराहारीको मतले अगाडि रहेकी रेनुको अग्रता झनै बढेको हो ।

रेनुले ४४३०५ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ३४१७९ मतमात्र ल्याएका छन् ।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल १३५१५ मत ल्याएर तेस्रो स्थानमा छन् ।


९ जेठ २०७९, सोमवार ११:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु