कृषि अधिकृत जोशीलाई ३० किलोको मालासहित अभिनन्दन
प्रधानमन्त्री आधुनिकीकरण परियोजना इकाई डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ । पहिलोपटक सरकारी कर्माचारीलाई अभिनन्दनसहित बिदाइ गरिएको हो।
विगत ५ वर्षदेखि आलु सुपरजोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई किसानहरुले ३० किलोको माला र बाजागजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराएर अभिनन्दन गरेका छन्।
९ जेठ २०७९, सोमवार १२:०७ बजे प्रकाशित












