इन्धनको मूल्य फेरी बढ्यो, खाना पकाउने ग्यासमा २ सय र पेट्रोलमा १० रुपैया वृद्धि
सरकारले इन्धनको मूल्य फेरी बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाइएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ ।
आयल निगमले आइतबार एक सूचना जारी गर्दै इन्धनको मूल्य बढाइएको बताएको छ । पेट्रोलको मूल्य १८० रुपैयाँ लिटर पुगेको छ । यस्तै डिजेल, मट्टितेलमा पनि १० रुपैयाँ प्रतिलिटर मूल्य बढाइएको छ ।
खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य १८०० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ ।
८ जेठ २०७९, आइतवार २२:०१ बजे प्रकाशित












