आठ वर्षअघिको बलात्कार प्रकरणः पीडित युवतीले दिइन् प्रहरीमा जाहेरी
आठ वर्षअघि सौन्दर्य प्रतियोगताका आयोजकले एक प्रतियोगीमाथि बलात्कार गरेको घटनामा पीडित युवतीले टेकु प्रहरीमा आइतबार जाहेरी दिएकी छन् । उनले सौन्दर्य प्रतियोगिता आयोजना गर्ने कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौं प्रहरी परिसर टेकुमा जाहेरी दिएकी हुन् ।
ती युवतीले केही दिन अगाडि सामाजिक सञ्जालमार्फत ८ वर्षअघि आफूमाथि बलात्कार भएको सार्वजनिक गरेकी थिइन् । त्यसपछि प्रहरीले शनिबार आरोपित पाण्डेलाई पक्राउ गरेको थियो ।
पाण्डेपीडित अन्य युवतीहरू पनि बलात्कार भएको भन्दै प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
८ जेठ २०७९, आइतवार २२:१४ बजे प्रकाशित












