धनगढीमा हमालको अग्रता कायमै, कुन उम्मेदवारले कति पाए मत ?
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । अहिले सम्म ३७ हजार ५१५ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले १७०७३ मत पाएका छन् ।
हमाललाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ८५२० मत पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले ३९८७ मत पाएका छन् ।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७७८८ मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ६९९८ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४३१७ मत पाएका छन् ।
५ जेठ २०७९, बिहीवार २२:०९ बजे प्रकाशित































