बालेन शाहले ३८३४ मत पाउँदा केशव स्थापित १८३८ मत पछाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) ले अग्रता लिइरहेका छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार बालेनले ३८३४ मतसहति अग्रता लिइरहेका छन् । उनलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले १९९६ मत पाएका छन् ।

हालसम्मको परिणामअनुसार बालेन स्थापितभन्दा १८३८ मतले अगाडि छन् । त्यस्तै, मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८०२ मत पाएकी छन् ।


१ जेठ २०७९, आइतवार १९:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु