धनगढी उपमहानगरपालिका वडा नम्बर -१ को वडा अध्यक्षमा मुडभरी निर्वाचित
कैलालीको धनगढी उपमहानगरका वडा नम्वर- १ को वडा अध्यक्ष पदमा सन्तोष मुडभरी निर्वाचित भएका छन् । उनी दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् । मुडभरी एक हजार १८३ मत ल्याउदैविजयी भएका हुन्।
वडा सदस्यमा पनि नेपाली काँग्रेसकै उम्मेदवार दलित महिला सदस्यमा सरस्वती कोली, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन्।
सत्यदेवी जोशीले १०६२, डम्मरनाथ जोशीले ९८२, धर्मराज उपाध्ययले ९९७ र सरस्वती कोलीले १०२७ मत प्राप्त गरेर बिजयी भएकी हुन् ।
वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशीले उम्मेदावारी दिएका थिए ।
यस्तै स्वतन्त्रबाट रोशन शाही, लक्ष्मण बिक, हिरेन्द्रबहादुर शाह, सामाजिक एकता पार्टीबाट मेलराम डगौरा थारु र जनता समाजवादी पार्टीबाट सिमादेवी सेवाको उम्मेदवारी रहेको थियो ।
१ जेठ २०७९, आइतवार १६:२० बजे प्रकाशित












