एमाले सचिव पद्मा अर्यालका पति वडा सदस्यमै पराजित

नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडासदस्य पदमै पराजित भएका छन्। स्याङ्जास्थित वालिङ नगरपालिका वडा नम्बर १ को सदस्यमा उम्मेदवारी दिएका पौडेललाई नेपाली कांग्रेसका पदम गुरुङले हराएका हुन्। वडामा गुरुङको प्यानलसहित निर्वाचित भएका छन्।

पराजित भएपछि पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू पराजित भएको सूचनासहित मतदातालाई धन्यवाद दिएका छन्। ‘‘सहयोग गर्नुहुने सबैमा हार्दिक आभार१ चुनावमा गएपछि हार जित भइहाल्छ।

जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो।सबै साथीहरू धैर्य बनौँ। निर्वाचन अभियानमा सहयोग गर्नुहुने र मतदान गर्नुहुने सबैमा हार्दिक आभार सहित धन्यवाद’ उनले लेखेका छन्।


१ जेठ २०७९, आइतवार १४:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु