भीमदत्त नगरपालिकामा गणनाभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित
धनगढी– कञ्चनपुरको भीमदत्त नगरपालिकामा गणना गरिएको भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको छ। एक सय मतपत्र रहेको पेटिकाको गणना गर्दा १२० मत देखिएपछि विवाद भएको हो।
विवादले मतगणनास्थल तनावग्रस्त बनेको छ। अहिले राजनीतिक दलहरुका प्रतिनिधिहरुबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा छलफल भइरहेको छ।
१ जेठ २०७९, आइतवार १४:११ बजे प्रकाशित












