बझाङको थलारामा एमाले विजयी

बझाङको थलारा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गरेका छन्।उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए।

खातीले ३ हजार १५० मत ल्याउँदा एमालेकी मीरादेवी रावलले २ हजार ५८७ मत ल्याएकी छन्।२०७४ मा एमालेले नै गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएको थियो।


१ जेठ २०७९, आइतवार १२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु