दोधाराचाँदनी–१० मा कांग्रेसका सिंह प्यानलसहित विजयी
दोधाराचाँदनी नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । वडा नं.१० मा कांग्रेसका चन्द्रबहादुर सिंहको प्यानल नै विजयी भएको हो । उनले ७ सय ८६ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एमालेका गंगाराम खड्काले ५ सय ९३ मत पाएका छन् ।
यसैगरी, नेकपा मोओवादीका कमलसिंह थापाले १४, राप्रपाका गोरखबहादुर सुनारले ११ र स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर सुनारले १ सय ७ मत प्राप्त गरेका छन् ।
१ जेठ २०७९, आइतवार ०९:४० बजे प्रकाशित












