बालेन्द्र शाह दुई हजार मतले बढी, स्थापित ९ सय मतले पछि
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले दुई हजारभन्दा बढी मत ल्याएका छन् । बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन् ।
एमालेका केशव स्थापितले भने ११ सय ६४ मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन् । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको छ ।
वडा नम्बर १ मा बालेनले ४ सय ४९ मत, सिर्जना सिंहले २ सय ७७ र केशव स्थापितले २ सय ३ मत पाए । वडा नम्बर २ मा बालेनले ४ सय ५७, सिंहले १ सय ६० र स्थापितले ३ सय २ मत पाएका छन् ।
१ जेठ २०७९, आइतवार १०:३९ बजे प्रकाशित












