देशभर थप १५ जनामा कोरोना संक्रमण, २१५ जना सक्रिय संक्रमित

देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २१५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१३ होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ११२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।


२३ वैशाख २०७९, शुक्रवार १९:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु