आमाबुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

ताप्लेजुङको फक्ताङ्लुङ-६ लेलेपमा आमाबुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बुले आफ्नै आमाबुबाको हत्या गरेका हुन् । ७५ वर्षका बुबा बृखबहादुर र आमा ७२ वर्षकी फिपरानी लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आइतराजले धारिलो हतियार प्रयोग गरी बुबाआमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२३ वैशाख २०७९, शुक्रवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु