घट्यो सुन र चाँदीको भाउ
शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मुल्य घटेको देखिएको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको मुल्य ९७ हजार ५ सय रुपैयाँमा झरेको छ।
शुक्रबार चाँदीको मुल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।
२३ वैशाख २०७९, शुक्रवार ११:४३ बजे प्रकाशित













