punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचनसम्बन्धी भिडिओ सेयर गरी ५० लाख भ्युज पुर्‍याउनेलाई ५० हजार पुरस्कार

Chaupati
safha napa

निर्वाचन आयोगले आफूले सामाजिक सञ्जालमा अपलोड गरेका निर्वाचनबारे सन्देशमूलक भिडिओ प्रचारप्रसार गर्नेलाई तोकिएको संख्यायमा दर्शक (भ्युज) पुर्याए २० हजारदेखि ५० हजार रुपैयाँसम्म पुरस्कार दिने घोषणा गरेको छ।

आयोगले आइतबार बिहान सूचना जारी गरी २० लाख भ्युज पुर्याए २० हजार रुपैयाँ, ३० लाख भ्युज पुर्याए ३० हजार रुपैयाँ र ५० लाख भ्युज पुर्याए ५० हजार रुपैयाँ पुरस्कार दिने जानकारी गराएको हो।

यही वैशाख ३० गते हुने स्थानीय तहकोल निर्वाचन सम्बन्धमा आयोगले सन्देशमूलक भिडिओ आफ्ना ट्विटर, युट्युब, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा अपलोड गरेको छ।

तिनलाई टिकटक बनाएर वा पहिलेकै स्वरूपमा कसैले आफ्ना सामाजिक सञ्जालमा पोस्ट वा सेयर गरेर तोकिएको संख्यामा दर्शक पुर्याए पुरस्कार जित्न सकिने आयोगले जनाएको छ।


१८ वैशाख २०७९, आइतवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु