सुनको मूल्य आज १२०० ले बढ्यो, चाँदी स्थिर

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

विहिबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १००० ले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।


१६ वैशाख २०७९, शुक्रवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु