कञ्चनपुरको पुनर्वासमा गाईको मासु सहित तीनजना पक्राउ

कञ्चनपुर,जेठ १३ । कञ्चनपुरको पुनर्वासमा गौ हत्याको अभियोगमा तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३, रामबस्ती घर भएकी वर्ष ४५ कि माईली तामाङ, सोही ठाउँकी वर्ष ३१ की प्रेममाया तामाङ र भारतको पिलिभित जिल्ला पुरनपुर घर भएका भारतीय नागरिक वर्ष ३१ का ऐजाज अहमद रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

सोमबार बिहान करिब साढे चार बजेको समयमा यु.पी.२६ यु. ५४४६ नम्बरको हिरो कम्पनीको प्यासन बाईकमा गाईको मासु धनगढीतर्फ लैजादै गर्दा पुनर्वास नगरपालिका–५, पशुपति चोक नजिकैबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गाई काटिरहेको भन्ने विशेष खबरका आधारमा प्रहरी टोलीले उनीहरुलाई डेढ कट्ठा गाईको मासु सहित रङ्गेहात पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताए ।


१३ जेठ २०७७, मंगलवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु