punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा, कांग्रेस र मधेशवादी मिलेर सर्वदलीय बजेट ल्याउन माग

Chaupati
safha napa

काठमाडौं,१२ जेठ ।
एनआरएन अगुवाको बिश्व सम्मेलन मार्फत नेपाल सरकार, पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री डा. रामशरण, अर्थमन्त्री डा. यूवराज खतिवडा र पशुपतिशमशेर राणालाई आगामी बजेट निति तथा कार्यक्रम जस्तो हावादारी नबनाउदै जनताले स्याबासी दिदै धन्यवाद भन्ने बजेट ल्याउन एनआरएनले लिखित लबिङ्गगरेका छन् ।अर्थमन्त्रालयमा दिईएको सुझाव नेपाल सरकार र प्रतिपक्षी दल बिच आर्थिक मुद्दामा एकताको लागि पहलकदमी गरिएको नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले जानकारी दिए ।

नेबि संघका पुर्ब कावा केन्द्रीय अध्यक्ष समेत रहेका नेता भण्डारीका अनुसार जुम मिटिङ्ग र सम्वाद मार्फत कोरोना संकट केन्द्रित बजेट बनाउदै नेपालमा बार्षिक ९ खर्बको रेमिट्यान्स भित्र्याउने प्रवासी नेपालीप्रति दुर्व्यवहार, सिमा नेपालीको दुख , लक डाउनले स्कुल- क्याम्पसका बिद्यार्थीको भबिस्य, उद्योगव्यवसाय, शेयरबजार र बैकिङ क्षेत्र धरासायी हुनबाट बचाउने उपाय बारे विश्वव्यापी अनुभव र ज्ञान समेटेर सर्वसम्मत बजेट ल्याउनुपर्नेमा सरकार लाई सुझाएको बताए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट गठित आर्थिक समितिका संयोजक एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल सरकारलाई एनआरएन तथा यूवानेताहरुको सुझाव प्रतिवेदन निकै व्यवहारिक रहेकोमा धन्यवाद दिए । डा. महतले सुझाव पार्टीमार्फत सरकारलाई दिइने बेला एनआरएनको सुझाव पनि समावेश गर्ने बताउँदै तर कार्यान्वयन गर्नुपर्ने मुख्य जिम्मेवार पक्ष सरकार रहेको बताए ।

नेपाली अर्थतन्त्र उकास्नका लागि कोरोना संक्रमण न्युनीकरण बजेट निर्माण नै पहिलो प्राथमिकता हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए । नेता घिमिरेले १५ हजार नलिइ निशुल्क स्वास्थ्य परीक्षण गर्न अनि प्रत्येक स्थानीय तहमा अस्पतालमा बजेटको ५०% रकम खर्च गर्नुपर्ने बताए।

त्यस्तै संविधानसभा सदस्य रञ्जित कर्णले जनतालाई तत्काल अल्पकालिन र दीर्घकालिन राहत रणनीतिक योजना नै बजेटको प्राथमिकता हुनुपर्छ भन्दै कोरोनाबाट प्रताडित बिपन्नलाई मासिक नगदै राहत दिन माग गरे ।नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भारतमा राजदुतको अकर्मण्यताले निकै दुख पाएको बताउदै स्वदेश फिर्ता को वातावरण बनाउदै प्रशासनिक खर्च घटाउदै सानो मन्त्रीमण्डल बनाउन जोड दिए ।कांग्रेसका युवानेता रमेश महतले कृषक लाई फलफुल, तरकारी, जटिबुटी, मासु र दुधजन्य उत्पादनलाई निशुल्क बिमा, तालिम,आर्गेनिक मल, दाना र बीउ दिई बजार मुल्यको ग्यारेन्टी गर्ने प्राबिधिक बजेट ल्याउन सुझाव दिए ।

कांग्रेस नेतृ मृदुला कोइरालाले विदेशमा रहेका नेपालीलाई ससम्मान स्वदेश भित्र्याउनु पर्ने उल्लेख गर्दै २०४६ सालदेखि बाहिरिएका सबै भ्रष्ट्राचार काण्डमा निष्पक्ष छानविन र कार्वाही गर्न अख्तियारलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुुपर्ने बताईन । बरिस्ठ पत्रकार ईन्द्र रिजालले लामो लकडाउनले सर्वसाधारणको ढाड सेकिएको भन्दै आगामी बजेटले जनतासँग कर बढाउनुको सट्टामा सांसद विकास कोष, आयोग र भीआईपीको सुविधा खारेज गर्नुपर्ने बताए ।नेपालमा उत्पादन हुने उच्च गुणस्तरीय गाँजालाई बैधानिक तवरले बिदेशमा बेचेर वैदेशिक मुद्रा आर्जनको नीति राज्यले लिनुपर्ने सचिव कृष्णप्रसाद सापकोटाले बताए ।

कांग्रेसका यूवा नेता चिन्तन पौडेलले वैदेशिक रोजगारी छोडेर नेपाल फर्किने नेपालीलाई सरकारले उनीहरुको अनुभव र सीप प्रयोग गर्नलाई १ लाखदेखि १५ लाखसम्म बिना धितो ५%ब्याजमा ऋण दिनुपर्ने सुझाव दिए ।ईन्जिनियरिङ कलेज प्रिन्सीपल दीपेन्द्र भट्टले लकडाउनले पठनपाठन प्रणाली नै तहसनहस बनाएकोले एसईई खारेज गर्दै फ्री ईन्टरनेट र सरकारी विद्यालयमा फ्री ल्यापटप दिएर डिजिटल शिक्षा युगमा प्रबेश गर्न सुझाव दिए ।

एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकी मुलुकमा अवैध कामदारका रुपमा फसेका चेलीवेटीको तत्काल उद्धार गर्नुपर्नेमा जोड दिदै कोरोना कोष सुदृढ गर्न मदिरा र अमेरिका नारायण थापाले चुरोटको मूल्य दोब्बर गर्दै सुर्तीजन्य उत्पादन अनि बिक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

नेपाली जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले यूरोपमा रहेका नेपालीहरुको पीडालाई संबोधन गर्नुपर्ने बताउँदै उधोग ऋण, बिद्युत, खानेपानी र ईन्टरनेटमा विशेष सहुलियत दिन सुझाव दिईन ।दक्षिण कोरियाका अध्यक्ष आस्थाबिन्दु मल्लले लिम्पियाधुरासहित मिचिएको सीमाना नक्सामा होइन ब्यवहारमा फिर्ता ल्याउन माग गरिन् ।

युवानेता चिरञ्जीवी थापाले होटेल, रेष्टुरेन्ट, ट्राभल्स, म्यानपावर, कन्सल्टेन्सी टाट पल्टिन नदिन ठूला आयोजनाको बजेटलाई उद्यमी राहत प्याकेजमा डाईभर्ट गर्नुपर्ने माग गरेका छन् ।इजरायलकी एनआरएन नेतृ दीपिका भुषाल बजेट परीक्षण कीट र सयौं भेन्टिलेटर खरिदमा मात्र केन्द्रित गर्नुपर्ने बताईन । साईप्रसकी नेतृ रिता दुलालले विदेशमा
बिद्यार्थीहरु लकडाउनले गर्दा शिक्षा र रोजगारी दुवैबाट बञ्चित भै भोकभोकै बस्नुपरेको सरकारसँग उद्धारको माग गरिन ।अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपाल फर्किन आग्रह गरेको परिपेक्ष्यमा नेपाल फर्किन चाहने नागरिकलार्ई अबिलम्ब उद्धार गर्न चीनमा झैं जहाज पठाउन मदनराज पौडेलले माग गरे । जर्मनीका प्रवक्ता सिजन दाहालले सरकारले एनआरएनलाई सुकुम्बासी र शरणार्थी झै व्यवहार नर्गन चेतावनी दिए ।

जापानका डीपी कडेलले जापान सरकारले होटेललाई क्वारेन्टाइन र आईशोलेसन वार्ड बनाई डाक्टर र नर्सलाई पनि घर जान नदिएर होटेल मै राखिएकोले संक्रमण दरमा घटेको उपाय सिकाए ।ईजोडोमका नेपाल प्रमुख लण्डनका ह्यन्सन गौचनले लकडाउनलाई बिस्तारै खुकुलो पार्दै बैंकको ब्याज घटाउनेदेखि कर्जाको पुर्नसंरचना गरि करजरिवाना मिनाहामा जोड दिएको सुजन सापकोटाले बताए ।


१२ जेठ २०७७, सोमवार १४:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु