बझाङमा बाघको छाला सहित एक जना प्रक्राउ
बझाङ ,जेठ १२ । बझाङमा बाघको छाला सहित एक जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ११ का ३३ बर्षिया प्रेम बहादुर बोहरा रहेका छन् ।
बोहरालाई प्रहरीले आईतबार राती बाघको छाला सहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमका अनुसार गोप्य सुचनाका आधारमा घरमा खानतलास गर्दा बाघको छाला लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको बताए ।
उनको साथबाट राततिको करीब १ बजेको समयमा ८ फटि २ ईन्च लम्बाई र बिचको भागको चौडाई २६ इन्च भएको चितुवाको १ थान र चितुवाको ३ किलो पाँचसय ग्राम हड्डी बरामद गरीएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
१२ जेठ २०७७, सोमवार १३:४३ बजे प्रकाशित













