punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सोमबार थप सातजना कोरोना संक्रमित भेटिए,संक्रमितको संख्या ६८२

Chaupati
safha napa

काठमाडौं, १२ जेठ ।  सोमबार थप सातजना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दोस्रो पटक सातजना संक्रमित थपिएको बताएका छन्।

 उनका अनुसार सेती अञ्‍चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ।

उनको अहिले अछाम अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए। त्यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीनजनामा कोरोना पुष्टि भएको छ। उनका अनुसार गुलरिया-१० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया-२ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ।

जसअनुसार जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। सोमबारै बाराकै अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

नेशनल मेडिकल कलेज वीरगञ्‍जमा  जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको उनले बताए।

यसअघि सोमबार बिहान देशका विभिन्‍न जिल्लामा ७२ जना कोरोना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ। 


१२ जेठ २०७७, सोमवार ११:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु