punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोहोरोमाथि बलात्कार, मोबाइल भिडियोबाट भयो सार्वजनिक

Chaupati
safha napa

भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड (गोहोरो) माथि बलात्कारको घटना सार्वजनिक भएको छ ।

यो सिलसिलामा चार व्यक्तिविरुद्ध आशंकाको आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढिरहेको छ ।

यी चार विरुद्ध ३१ मार्चमा चन्दोली नेशनल पार्कमा अवैध तरिकाले प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो । यो पार्क टाइगर रिजर्भअन्तर्गत पर्दछ ।

अधिकारीले मुद्दा दर्ता गरेपछि यी अभियुक्तको मोबाइल फोन अनुसन्धान गर्दा गोहोरोमाथि भएको घटनाबारे पत्ता लागेको हो ।

सह्याद्रि टाइगर रिजर्भ महाराष्ट्रका चार जिल्ला सतारा, सांगली, कोल्हापुर र रत्नागिरीमा फैलिएको छ । बलात्कारको घटना रत्नागिरी जिल्लाको गोठणे गाउँको बताइँदैछ ।

के हो घटना ?

चन्दोली नेशनल पार्कमा बाघको गन्तीका लागि ट्र्याप क्यामरा राखिएका छन् । यी क्यामराको निरिक्षणको क्रममा गोठणे गाउँको एउटा इलाकाबाट एउटा क्यामरा गायब भएको पत्ता लाग्यो ।

तर त्यसको अगाडि राखिएको अर्को क्यामराबाट केही संदिग्ध व्यक्तिलाई देखियो । यी मानिस शिकारमा प्रयोग हुने हतियार लिएर गइरहेको देखिए । ।

त्यसपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरियो । अनुसन्धान गर्ने समूहले एकजना संदिग्धलाई पक्राउ गरेको भन्ने खबर मिडियामा प्रकाशित भयो । उनले आफू शिकारका लागि वन्य क्षेत्रमा प्रवेश गरेको बताए ।

पछि यसै मामिलामा अन्य दुईलाई पक्राउ गरियो । यो मामिलामा हालसम्म चारजना पक्राउ परेका छन् ।

मोबाइल फोनमा भेटियो भिडियोः

वन अधिकारीले त्यसपछि संदिग्धको मोबाइल फोन अनुसन्धान गरियो जसमा खरायो, हरिण, पेगोलिनजस्ता थुप्रै जनावरका तस्बिर भेटिए ।

साथै, अधिकारीले एउटा यस्तो भिडियो पाए जसमा साढे चार फिट लामो एउटा गोहोरोमाथि अप्राकृतिक अत्याचार गरिँँदै थियो ।

वन अधिकारीलाई यो विभत्स व्यवहार यिनै संदिग्ध व्यक्तिले गरेका हुन् कि भन्ने आशंका छ ।

यद्यपि, चन्दोली नेशनल पार्कका फरेस्ट रेन्जर नन्दकुमार नलवडेले यी व्यक्तिले अहिले शिकारको कुरा स्वीकार गरेको तर गोहोरोमाथि अत्याचारको कुरा अस्वीकार गरिरहेका छन् ।

रेन्जरले बताए कि यो भिडियो साइबर प्रहरीलाई सुम्पिइएको छ जसले भिडियोको सत्यताको अनुसन्धान गरिरहेको छ ।

अधिकारीले बताए अनुसार अवैश प्रवेशमा दोषी पाइए उनीहरुलाई ५ लाख भारु जरिवाना र ७ वर्षसम्म सश्रम कारावासको सजाय हुनसक्छ ।

तर नलवडेका अनुसार गोहीमाथि अत्याचारको दोषी पाइँदा उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ ।

चारजना संदिग्धलाई ८ अप्रिलमा अदालतमा पेश गरियो जसले उनीहरुलाई २२ अप्रिलसम्म १५ दिनको न्यायिक हिरासतमा पठाएको थियो । यद्यपि, केही शर्तअन्तर्गत जमानत दिइएको थियो ।

बीबीसी


२ वैशाख २०७९, शुक्रवार १७:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु