सुनको भाउ फेरी बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ मंगलबार तोलामा आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार सुन तोलाको १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय ८० रुपैयाँ निर्धारण भएको छ ।


२९ चैत २०७८, मंगलवार १४:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु