ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु
ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाईमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।
आरोहणका साथै खेलकुदमा समेत सक्रिय उनको ६० वर्षमा मृत्यु भएको हो । सन् १९६२ मा जन्मिएका एन्टोनिसले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा‚ कञ्चनजंघा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् । धौलागिरि आरोहणका क्रममा उनलाई सेभेन समिटका दावा शेर्पाले ‘गाइड’ गरेका थिए ।
२९ चैत २०७८, मंगलवार १४:१६ बजे प्रकाशित













