तनहुँमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु
तनहुँकाे म्याग्दे गाउँपालिका-३ धयरेमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ ।
च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत चैत १८ गते जंगलमा च्याउ खोज्न गइ घरमा ल्याएर खानासँग तरकारीको रूपमा खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत २० गते दमौली ल्याइएको थियो ।
बिरामीमध्ये सुनिमायाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएको थियो ।
त्यहाँ उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । च्याउ खाँदा दश जना स्थानीय बासिन्दा बिरामी भएका थिए ।
२८ चैत २०७८, सोमवार ०८:०० बजे प्रकाशित













