महाकालीमा हाम फालेकी एक महिलाको मृत्यु
दार्चुलाको महाकाली नदिमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका- ४ स्थित घाटबजार वियर वारमा काम गर्ने अन्दाजी २६ बर्षीया दमन्ती धामीले नदिमा हाम फालेकी हुन् ।
आइतबार बिहान रिङनतालको सिढीबाट उनले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । सोही स्थानमा आवतजावत गर्ने मानिसहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घट्ना लगत्तै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेपनि उनको मृत्यु भइसकेको थियो । उनको शव करिव २ किलोमिटर तल महाकाली नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।
२७ चैत २०७८, आइतवार १३:४३ बजे प्रकाशित













