बुधबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँ घट्यो
सुनको मुल्य बुधबार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, मंगलबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ ।
मंगलबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँ निर्धारण भएको छ ।
२३ चैत २०७८, बुधवार ११:५० बजे प्रकाशित













