नवलपरासीमा डुबेर एकजनाको मृत्यु
नवलपरासीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मध्यबिन्दु नगरपालिका २ नन्दपुरस्थित नारायणी नदीमा डुबेर सोही नगरपालिका शिविर टोल बस्ने ४५ वर्षीया फुलमाया बोटेको मृत्यु भएको हो ।
सोमबार बिहान बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२१ चैत २०७८, सोमवार २१:२५ बजे प्रकाशित













