कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका– ५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको हो ।

सोमबार ना ४ ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी मन्जु बुडाललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।

सामान किनेर सडक पार गर्न खोज्दा बसले ठक्कर दिएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ठक्करबाट महिलाको मृत्यु भएपछि चक्काजाम गरिएको छ । चक्काजाम गरिएपछि यातायात सेवा प्रभावित बनेको छ ।


२१ चैत २०७८, सोमवार १२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु