स्याङ्जामा पुल भत्किँदा आठ जना घाइते, दुईको अवस्था गम्भीर

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । यस्तै  दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चापाकोट नगरपालिका ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो ।

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुको पाल्पामा उपचार भइरहेको छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।


२१ चैत २०७८, सोमवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु