डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते
डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायव उपरिक्षक शारदा प्रशाद चौधरीका अनुसार आइतबार साँझ सात बजेतिर पूर्वीचौकी गाउँपालिका– १ साँझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी बर्ष २९ का खेम बोहरा र बर्ष ४५ पुरण बोहराको मृत्यु भएको उनले बताए ।
दुर्घटनामा मोहन बोहरा, कमल बोहरा, टंकी बोहरा, कृष्ण बहादुर चैसेरा, जित बहादुर बोहरा, यशोदा बोहरा र लोकराज जोशी घाइते भएको डोटीका एसपी चौधरीले बताए ।
घाइतेहरूलाई उद्धार गरी शिलगढी जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए । चालक फरार रहेका छन् । चालकको खोजी भइरहेको छ ।
२० चैत २०७८, आइतवार २०:१६ बजे प्रकाशित













