नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउन धनगढीमा प्रदेश स्तरीय अन्तक्रिया
महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन महिलाको राजनीतिक सहभागिता र सशक्तीकरणको लागि राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिसंग धनगढीमा प्रदेश स्तरीयय अन्तक्रिया कार्यक्रम भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले निर्णयक तहमा महिलाको सहभागिता आवस्यक रहेको बताएकी छन् । उनले कार्यक्रममा बोल्दै महिलाहरुको क्षमता अनुसार उनीहरुलाई त्यहि अनुरुपको अवसर दिन पनि आवस्यक रहेको बताइन् ।
यस्तै निर्वाचन आयोगका आयुक्त जानकी तुलाधरले संबिधानले तोकेको जिम्मेवारीलाई आयोगले नीति निर्देशिका तयार गरी अघि बढेको बताएकी छन् । नीति निर्देशिकालाई बिस्वासीलो बनाउन लागि रहेको उनले बताइन् । महिलाको हक अघिकारका लागि आयोगले काम गरीरहेको उनको भनाई छ ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले महिलाहरु अझै नेतृत्वदायि भूमिकामा नरहेको बताएकी छन् । महिला भएकै कारण उनीहरु नेतृत्वदायि भूमिकामा आउन नसकेको बताएकी हुन् । प्रमुख पदमा महिलाको अवस्था निकै न्यन रहेको उनले बताइन् । यसमा समानताका लागि सबै समान हौ भन्ने सोच ल्याउन जरुरी रहेको उनले बताइन् ।
आइतबार निर्वाचन आयोग तथा राष्ट्रिय महिला आयोगले गरेको कार्यक्रममा बिभीन्न पालिकाका उप प्रमुख, बिभीन्न संघसंस्थाका प्रतिनीधि कैलालीका प्रहरी प्रमुख तथा सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

२० चैत २०७८, आइतवार २२:०९ बजे प्रकाशित













