punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढी पीडित तीन पालिकालाई आर्थिक सहयोग

Chaupati
safha napa

काभ्रेको भुम्लु गाउँपालिकाले यहाँका तीनवटा पालिकालाई आर्थिक सहयोग गरेको छ। उक्त गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठलगायतको टोलीले शुक्रवार गत असार १ र त्यसपछिको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीबाट क्षति पुगेका मेलम्ची नगरपालिकालाई दुई लाख, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई तीन÷तीन लाखका दरले रकम उपलब्ध गराएका हुन्।

मेलम्चीका प्रमुख डम्बर अर्याल, हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पा तथा पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामाले केही राजनीतिक दलले सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता गरेकामा अहिलेसम्म प्राप्त नभएकाले यथाशक्य छिटो रकम उपलब्ध गराउन अनुरोध गरेका थिए। असार १ तथा त्यसपछिको मेलम्ची, इन्द्रावती, याङ्री, लार्के खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो।

 


१९ चैत २०७८, शनिवार २२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु