punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना

Chaupati
safha napa

हाल देशमा भारतको बिहार देखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजको मौसम आंशिक बदली रहने छ ।

उल्लेखित तीन प्रदेशका पहाडी भू–भागका केही स्थानमा र मधेस तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहानीपख देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

 


२० चैत २०७८, आइतवार ०८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु