punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पद्मा अस्पतालमा बिरामी मृत्यु प्रकरण : मृतकका परिवार र अस्पताल बिच सहमती

Chaupati
safha napa

कैलालीको पद्मा अस्पतालमा बिरामीको मृत्यु प्रकरणमा मृतकका परिवार र अस्पताल बिच घटनाको छानविन गर्ने सहमती भएको छ । उपचारको क्रममा गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको ज्यान गएको घटनाको छानविन गर्ने सहमति भएको हो ।

मृतकका आफन्त र अस्पतालबीच भएको छलफलमा घटनाको छानविन गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । सत्यतथ्य छानविनका लागि समिति गठन गर्ने सहमति भएको छ । यसैगरी, मृतकका परिवारलाई उचित क्षतिपूर्ति पनि दिने सहमति भएको मालाखेतीका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।

शुक्रबार राती १० बजे अस्पताल भर्ना भएका बोहराको शनिबार विहान ४ बजे उपचारको क्रममा ज्यान गएको थियो । डाइरीया भएका बोहराको उपचारमा क्रममा अस्पतालले लापरवाही गरेको भन्दै स्थानीय तथा परिवारले अस्पतालमा तोडफोडसमेत गरेका थिए ।


१९ चैत २०७८, शनिवार २०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु