punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्रीका स्वकीय सचिवको गलत सुचनाले नेपालीहरु सिमामा अलपत्र

Chaupati
safha napa

जेठ ७ ,धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले सरकारले नाका खुला गरिसकेकोले भारतमा रहेका नेपालीहरूलाई आउन आह्वान गरेको अडियो भाइरल भएपछि भारतमा रहेका हजारौँ नेपाली नेपाल आइरहेका छन् ।

भारतको केरला बाट एक युवकले मुख्यमन्त्री भट्टको  फोनमा कल गरेका थिए  तर फोन भने स्वकीय सचीव कुंवरले उठाएका थिए ।प्रख्यातलाई  युवाले आफू अलपत्रमा रहेकोले नाका को अवस्था केछ आउन सकिन्छ कि भनेर सोधेका छन् ।

जवाफमा उनले भनेका छन् आउनुहोस् सबैलाई ल्याउँदै छौ ।  मेरा गाउँका पनि ४०र४५ जना आउदैछन प्रदेश सरकारले ल्याइरहेको छ भनेर जवाफ दिएका छन् । मन्त्रीका स्वकीय सचिवले यस्तो कुरा गर्दा भारत बाट नेपाल आउने सुदुरपश्चिमबासीको सङ्ख्या दिन प्रति दिन बढी रहेको छ ।

सो कुरालाई सत्य मान्दै नेपाल आउन खोजेका नागरिकहरू  भारतको पलियामा अलपत्र परेका छन् भने कति पय बाटो मा आउँदै गरेका छन् । प्रदेश सरकार र सघिय सरकारले भारतमा रहेका नेपालीलाई नेपाल ल्याउने बारे अहिले सम्म कुनै निर्णय गरेको छैन ।

भारतको क्वारेनटाइन मा करिब ४५ दिन बढी बसेका नेपालीहरू लाई केही दिन अघि प्रदेश सरकार ले नेपाल भित्र्याएको थियो । तर उनीहरू नेपालमा पनि क्वारेनटाइन मा नै रहेका छन् ।

सरकार ले नै नगरेको निर्णय जनता लाई सुनाएर उनीहरूलाई अलपत्र पार्ने काम मुख्य मन्त्रीका स्वकीय  सचिवबाट भएको प्रस्ट बुझिन्छ । मुख्यमन्त्रीको स्वकीय सचिव जस्तो पदमा रहेर नागरिकहरूलाई भ्रममा पार्ने र सरकारले नै नगरेको निर्णय   बाट जनतामा  गएको यो खबरले  भारतमा बसेका नेपालीहरू सीमा क्षेत्रमा अलपत्र पर्ने निश्चित देखिन्छ ।

भरतमा कोरोनाका कारण लकडाउन भए पछि त्यहा भएका लाखौ नेपालीहरुको रोजगारी गुमेको छ भने उनीहरु नेपाल आउन हत्तारीरहेको अवस्थामा मुख्यमन्त्री कार्यालय बाटै भ्रमपुर्ण संदेश बाहिरिए पछि नेपालीहरु सुदुरपश्चिमका विभिन्न नाका भएर आउने क्रम बढेको छ भने उनीहरु नेपाल भित्रीन नपाए पछि भारती सिमावर्ती शहरहरुमा अलपत्र पर्न थालेका छ्न ।


७ जेठ २०७७, बुधवार ०७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु