punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु

Chaupati
safha napa

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए। तर, केन्द्रको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छैन ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।


७ जेठ २०७७, बुधवार ०५:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु