Churya gapa
Churya gaupalika
Churya

पल शाहलाई थप ५ दिन थुनामा राख्न तनहुँ अदालतको अनुमति

तनहुँ जिल्ला अदालतले पल शाहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ।बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काका अनुसार म्याद थपका लागि पललाई शुक्रबार अदालतमा पेस गरिएको थियो ।पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको छ । जबरजस्ती करणी मुद्दामा प्रहरीले बढीमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएकी थिइन् ।यता पलमाथिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएको छ ।

पलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले एक नाबालिगमाथि बलात्कारको अभियोगसहित मुद्दा दायर गरेको हो ।


४ चैत २०७८, शुक्रवार १८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु