जापानमा ७.३ म्याग्नेच्युडको भूकम्प
जापानमा शक्तिशाली भूकम्प गएको छ । जापानको फुकुसिमाको तटीय क्षेत्रभन्दा बाहिर केन्द्रबिन्दु बनाएर ७ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पपछि राजधानी टोकियोको केही क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । फुकुसिमामा २०११ मा ९ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पपछि झन्डै २० लाख घरमा बिजुली अवरूद्ध भएको समाचार संस्था एएफपीले जनाएको छ।
२ चैत २०७८, बुधवार २१:१५ बजे प्रकाशित












