मोबाइल चोरेर फरार भएका युवा पक्राउ

कैलाली प्रहरीले मोबाइल चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । बाटोमा हिड्ने मानिसलाई ‘‘जरुरी प-यो,  एक कल फोन गर्छु’ भन्दै मोबाइल चोरेर भाग्ने र त्यो मोबाइल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–७ का १९ बर्षिय रमेश पुरी पक्राउ परेका हुन् । उनले गत २५ गते बिहान धनगढी उप–महानगरपालिका–८ का १६ बर्षिय सन्देश धामीलाई जरुरी छ फोन गर्छु भनेर रेडमी ८ मोबाइल लिएर फरार भएका थिए ।

यस्तै गत १७ गते राति उपमहानगरपालिका–८ बुद्धचोक मा साइकलमा घर गइरहेका वडा नं।७ का राहुल चौधरीलाई डराई धम्काई मोबाइल लगेका थिए ।

प्रहरीका अनुसार दुवै घटनाको अनुसन्धान गर्दा चोरीमा संलग्न सोही ठाउँ बस्ने १९ बर्षिय पुरीलाई पक्राउ गरिएको हो । उनले उक्त मोबाइल चोरी गरी भानु चोकस्थित जिके मोबाइल ग्यालरीका संचालक ज्ञानु चौधरीलाई बिक्री गरेको खुलेको थियो ।

दुबै जनालाई चोरी भएका मोबाइलसहित पक्राउ गरी मुद्दा चलाइएको छ । उनीहरुको साथबाट थप एक–एक थान ल्यापटप र मोबाइलसमेत बरामद भएको र सामान धनीहरुको पहिचान नभएकाले प्रमाणसहित दाबी गर्न प्रहरीले भनेको छ ।


२ चैत २०७८, बुधवार १८:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु