नेपाली कांग्रेस : सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर

नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्। दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए।उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए ।

लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन्।

सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन : मतदान भएको थियो।


३० फागुन २०७८, सोमवार ०७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु