सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

सिन्धुलीको दुधौली नगरपालिकामा विवाहको जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । दुधौली नगरपालिका ५ सिर्थौली बाढी गाउँबाट उदयपुरको कटारी तर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर सिर्थौली नजिकै ठाकुर खोला पुलमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिका २ का २४ वर्षका अजय दनुवार र सोही ठाउँका १९ वर्षका दीपेन्द्र कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताललगायतका अस्पतालमा पठाइएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए ।दुर्घटनाका अन्य घाइतेहरूको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


३० फागुन २०७८, सोमवार ०७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु