गडसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा

डोटीको जोरायल गाउँपालिका वडा नम्बर -५ गडसेरामा रहेको गडसेरा स्वास्थ्य चौकीको प्रयोगशाला (ल्याब) को उद्घाटन गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै  सो प्रयोगशालाको उद्घाटन गरिएको हो ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर -५का वडाध्यक्ष ध्वजबहादुर देउवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा र विशिष्ट अतिथि जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा रहेकी थिइन् ।

No description available.

सो प्रयोगशाला (ल्याब) को उद्घाटन गदै गाउँपालिकाका अध्यक्ष ओझाले गाउँपालिकाको ६ वटै वडामा प्रयोगशाला (ल्याब) सञ्चालनमा बताएका छन् । यस क्षेत्रका नागरिकलाई ल्याव सेवा सञ्चालनमा आएपछि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।

उक्त प्रयोगशालाको उद्घाटन गदै गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले आफूहरू निर्वाचित भएर आएपछि जनताको आवश्यकता लाई महसुस गर्न गरेर स्वास्थ्य क्षेत्रमा धेरै  काम गरेका बताइन्  ।

No description available.


२९ फागुन २०७८, आइतवार १९:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु