सुदूरपश्चिमका तीन पत्रकारलाइ युवा पत्रकारिता पुरस्कार प्रदान

युवा तथा खेलकुद मन्त्रालयले सुदूरपश्चिमका तीन पत्रकारहरूलाई ‘युवा पत्रकारिता पुरस्कार २०७८’ बाट सम्मान गरेको छ ।
सम्मानित हुनेमा अछामका पूर्णबहादुर खड्का, धनगढीका सीताराम ओझा र अछामका केशवबहादुर भुल रहेका छन् । यस्तै तनहुँका बसन्ती बास्तोललाई पनि सम्मान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पु¥याएबापत चारै जनालाई पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेका हुन्।  २०७५ सालदेखि मन्त्रालयले प्रत्यक वर्ष युवाको क्षेत्रमा कलम चलाउँदै आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ ।

 


२९ फागुन २०७८, आइतवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु