नवजीवन सहकारी : नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी

नवजीवन सहकारी संस्था धनगढीको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा शनिबार १७ हजार ८० मत खसेको थियो ।
हाल सम्म ३८ सय मतगणना भईसकेको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले जानकारी दिए ।
सहकारीको नेतृत्वको लागि देव बहादुर बम र रतन कठायत चुनावी मैदानमा उत्रिएका थिए । प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार हाल सम्मको मतगणनामा बमले १९७७ मत पाएका छन् भने र कठायतले १४४२ मत पाएका छन् ।

बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्। यस्तै उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्।

यस्तै कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्। उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवारी दिएका छन्।


२९ फागुन २०७८, आइतवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु